बैतडी ;बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसमा शुभकामना आदानप्रदान तथा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नेपाली महिलाहरुको पर्व तीजको अवसरमा पुर्चौडी बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनको पहलमा आइतबार तीज विशेष तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । हरितालिका तीजको अवसर पारी कार्यक्रमको आयोजना गरिएको क्याम्पसका स्ववियु अध्यक्ष बाग्मती कुमारी ऐरले बताए । कार्यक्रमको प्रमुख अतिथि पुर्चौडी नगर पालिकाका उप प्रमुख मिना धानुक रहनुभएको थियो भने विशिष्ट अतिथिमा क्याम्पस प्रमुख राम दत्त जोशी र पुर्चौडी नगर पालिका वडा नम्बर १ का अध्यक्ष गणेश गडाल रहेका थिए । कार्यक्रम स्ववियु सभापति बाग्मती कुमारी ऐरको अध्यक्षतामा भएको हो । उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख विनोद भन्डारी, प्राध्यापक, विद्यार्थी, जनप्रतिनिधि लगायत देउडा तथा लोकदोहोरी गायक भरत बोहरा लगायतको सहभागिता रहेको थियो ।
शुभकामना तथा तीज विशेष कार्यक्रममा क्याम्पस प्रमुख राम दत्त जोशी, नगर उप प्रमुख मीना धानुक र उपस्थित अन्य अतिथि लगायत विद्याथी र अभिभावकहरुले शुभाकामना तथा मन्तव्य राखेका थिए । यसैबीच शुभकामना आदानप्रदानका साथसाथै सास्कृतिक कार्यक्रम पनि गरिएको स्वतन्त्र विद्यार्थी युनियन उपाध्यक्ष दमन धामी (सोनम) ले बताए
