बलात्कारको आरोपमा बैतडीका एक युवक पक्राउ

बैतडी- बैतडीका एक युवक बलात्कारको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेलौली नगरपालिका ५ खलिगाडका २८ वर्षीय नरेश जोशी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।जोशीमाथि असोज २१ गते बिहान मेलौली ६ को लामाखोला जङ्गलमा ४५ वर्षीया महिला करणी गरी भागेका आरोप छ । भागेका जोशीलाई आज लामालेकबाट पक्राउ गरेको हो।पक्राउ परेका जोशीबिरूद्ध जबरजस्तीकरणी मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ

Leave A Reply

Your email address will not be published.