इजरायलमै अस्ताए दार्चुलाका विष्ट र धामी, शोकमा डुब्यो गाउँ

दार्चुला – इजरायलमा भएको आक्रमणपछि १० जना नेपालीको मृत्य भएको खबर आइतबार दिउँसो देखि नै सामाजिक संञ्जालमा फैलिन थाल्यो । साझतिर त इजरायल स्थिति नेपाली राजदुतवासले मृत्तकको नामावली नै सार्वजनिक गर्‍यो । त्यही १० जना मृत्तकको सूचीमा थिए दार्चुलाका दिपेश राज विष्ट र लोकेन्द्र सिंह धामी । लेकम गाउँपालिका -५ टकनाका दिपेश विष्ट सुन्दर भविष्यका लागि इजरायल अध्ययन गर्न गएका थिए ।

गत भदौ ५ गते इजरायल गएका विष्ट आक्रमणमा परी सदाका लागि अस्ताएका छन् । एक होनहार युवा अकालमै बितेपछि पुरै गाउँ शोकमा परेको छ । छोराको मृत्युको खबर पाउने बित्तिकै आमा पार्वती विष्ट अचेत छिन् । छिनछिनमा उनको होस खुल्छ, फेरी मुर्छा पर्छिन । बुढेस कालको साहारा छोरो बितेपछि विष्ट परिवारमा ठुलो बज्रपात परेको छ । दिपेश विष्टका बुबा अशोक विष्ट २० वर्ष अगाडि बितेका थिए । बुबा बितेपछि विष्टलाई उनकी आमाले हुर्काएकी थिइन् । विष्ट सानै देखि पढाईमा अब्बल थिए ।

विष्टले टिकापुर क्याम्पस कैलालीबाट कृषिमा स्थातक गरेका थिए । ठुलो सपनाको भारी बोकेर इजरायल गएका विष्ट उतै अस्ताए । छोरोको मृत्युको खबरले पार्वति विष्टको जिवनमा महाप्रलय नै आएको छ । विष्टले इजरायल गएपछि पैसा कमाउने, घर बनाउने, सपना आमालाई बाडेका थिए ।

दिपेशले अन्तिम चोटि १८ गते घरमा फोन सम्पर्क गरेर आमा संग कुरा गरेको उनका आफन्तले बताएका छन। त्यस्तै उमेरले २५ वर्ष पुगेका लोकेन्द्रको इजरायलमा हमास समूहले गरेको आक्रमणमा परी मृत्युभएपछि उनीकी श्रीमती होसमा आउन सकिरहेकी छैनन् । साथमा नाबालक ३ वर्षीया छोरी, एक वर्षको छोरा हुर्काइरहेकी उनी लोकेन्द्रको मृत्युको खबरले विछिप्त छिन् ।

कलिलै उमेरमा बुवाको मृत्युले नावालक छोराछोरी टुहुरा बनेका छन् । आमा पनि मुर्छा परी बोल्न र सम्हाल्न सकिरहेकी छ्रैनन् । लोकेन्द्र एक महिना अघि मात्रै सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका थिए । मृतक लोकेन्द्रका दाई नेपाली सेनामा जागिरे छन् ।

Leave A Reply

Your email address will not be published.