इजरायलमा विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद आफै जाने

काठमाडौं । इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई स्वदेश फर्काउनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ जानुहुने भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकपछि उद्योगमन्त्री रमेश रिजालले नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद आफैँ इजरायल जाने बताउनुभयो ।२६५ विद्यार्थीमध्ये १० जनाको निधन भएको र केही सम्पर्कमा नरहेको भन्दै बाँकीलाई २५० सीटको वाइडबडी विमानबाट एकैपटक ल्याउने सरकारको तयारी छ। विद्यार्थीलाई लिन आजै विमान इजरायल जाँदैछ।

Leave A Reply

Your email address will not be published.