पाल्पामा जीप दुर्घटना, ६ जनाको मृत्यु, एक घाइते

पाल्पा – पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो । अहिले घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।पर्यटकीय स्थल रानीमहल नजिकै बैकुण्ठे भीरबाट जीप खोलामा खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा पुग्न ठूलो भीर र पहाड भएकाले उद्धारमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.