आज नेपालले ओमानविरुद्ध खेल्दै

दार्चुला । नेपाली राष्ट्रिय फुटबल टिमले आज आइतबार ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपालले ओमानविरुद्ध कतार दोहास्थित कतार युनिभर्सिटीको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९-४५ बजे सुरु हुनेछ ।

साफको तयारीका लागि नेपाली टिम हाल कतारमा रहेका छन् ।

यस अघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलीसकेको छ ।

जसमा नेपालले एक बराबरी र एक हार व्यहोरेको थियो ।

नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने भएको छ।

नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.