काठमाडौं । जाजरकोट र रुकुममा गएको भुकम्पले ठुलो मानविय क्षती भएको छ । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जान लाग्नुभएको छ ।जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।प्रधानमन्त्री स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जान लागेको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिलसमेत गर्नुभएको छ ।