दार्चुला – भारतले जाजरकोट भूकम्प पीडितका लागि १० करोड रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपाललाई हस्तान्तरण गरेको छ ।आज आइतवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । भारतले हस्तान्तरण गरेको ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीमा त्रिपाल, कम्बल र डस्ना, झोलाका साथै आवश्यक औषधि र,पोर्टेबलु भेन्टिलेटर लगायत छन् ।घनिष्ट मित्र र छिमेकीका रूपमा नेपालमा भूकम्प पीडितलाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको राजदूत श्रीवास्तवले बताउनुभयो । आउँदा दिनमा राहत सामग्रीका थप खेप नेपाल आइपुग्ने जनाइएको छ ।