दार्चुला बैतडी जोड्ने कर्कलेमा रहेको मोटरेवल पुलको जग भासिदै

दार्चुला- दार्चुलाको शैल्यशिखर—३ र बैतडीको डिलाशैनी गाउँपालिका—३ जोड्ने चमेलिया नदीमा रहेको कर्कले स्थितको बेली ब्रिज (कर्कले पुल)को दार्चुलातर्फको मुख्य पिल्लर भएको ठाउँको पुरै भाग भाँसिएको छ ।

मुख्य पिल्लर भएको ठाउँको पुरै भाग भाँसिएपछि जोखिम बढ्दै गएको स्थानीय पदम गोयलाले बताउनु भयो।

उक्त पुलमा दैनिक सयौं बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्दछन् । गोकुलेश्वरबाट पंसेरा,बलाच,सिमार गन्ना,बिटुले मार्मा हुँदै अपिहिमाल गाउँपालिकाको मकरिगाडबाट बाहिरिने तथा भित्रिने मुख्य नाकाका रुपमा रहेको उक्त पुल भाँसिदा दुर्घटनाको जोखिम बढेको छ ।

पुलको मर्मत सम्भार तत्कालै नगरे जुनसुक्कै बेला पनि भत्किन सक्ने अवस्थामा रहेको छ ।

बेली ब्रिज जीर्ण हुँदा दुर्घटना बढ्नाका साथै पैदलयात्रीलाई पनि समस्या हुने भन्दै सवारी आवागमन बन्द गराउनु पर्ने स्थानीयवासीको भनाई छ । पुल मर्मतका लागि सरोकारवाल निकायले तत्काले चाँसो नदिए ठुलो दुर्घटना हुनसक्ने सम्भावना रहेको छ।

Leave A Reply

Your email address will not be published.