अपिहिमाल गाउँपालिमाका ५ दिनदेखि तालाबन्दी

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ३ को कार्यालय र गाउँपालिका कार्यालयमा लगाएइको ताला अझै खुलेको छैन् । वडा कार्यालय र गाउँपालिका कार्यालयमा पाँच दिन पहिले गत बुधबारदेखि तालाबन्दी छ । वडा विभाजन गरेको र वडा कार्यालय सारेको आंशकामा वडा नम्बर ३ का स्थानीयले तालाबन्दी गरेको बताइएको छ ।

 

जनप्रतिनिधिहरुले भने वडा कार्यालय वा केन्द्र सार्ने विषयमा कुनै निर्णय नभएको बताएका छन् । जनताले कुरा नबुझिकनै तालाबन्दी गरेको गाउँपालिकाले जनाएको छ । तालाबन्दी खुलाउने विषयमा शुक्रबार छलफलको प्रयास गरेपनि सम्भाव नभएको बताइएको छ । गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल र वडाअध्यक्ष समुन्द्रसिह कार्कीमाथि हातपातको प्रयास भए पछि वार्ता हुन नसकेको प्रतक्षदर्शीले बताएका छन् । गाउँपालिकाले वार्ता टोली बनाएर समस्या समाधान गर्न खोजेको छ ।

 

अपिहिमाल गाउँपालिकाले एक विज्ञप्ती सार्वजनिक गर्दै कार्यालयमा पूर्व जानकारीबीनै तालाबन्दी गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणसिह धामीद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत गाउँपालिकाको महालेखा परीक्षणको काम भइरहेको बेला वडा र पालिकामा भएका कर्मचारीलाई भित्रै थुनेर तालाबन्दी गर्नेलाई कारवाही गर्न माग गरिएको छ ।

 

गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल खण्डेश्वरीबाट कोठा जाने बेला चिलढुगां र चौविसन बीचमा पर्ने बाटोमा गालिगलौच, ढुङ्गामुढा र हातपात गरेको घट्नाप्रति विज्ञप्तीमार्फत भत्र्सना गरिएको छ । स्थानीयलाई प्रकृयागत ढंगले छलफलमा आउन प्रशासनसंग माग गरिएको छ । खण्डेश्वरीमा सुरक्षाकर्मीको संख्या न्यून भएपछि इप्रका लटिनाथबाट समेत सुरक्षाकर्मी खण्डेश्वरी खटाइएको छ । अभद्र व्यवहार गर्नेहरुलाई कार्वाहीको माग गरिएको छ ।

Leave A Reply

Your email address will not be published.