काठमाडौं- बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेका एक युवकको किस्ट अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले बताएका छन् ।
प्रदर्शनकारी हरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेका थिए । ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।गाडीमा आगजनी गर्ने अन्य प्रदर्शनकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।