काठमाडौँका कलेजमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम हुने

काठमाडौं- ब्याग्स अफ होपले काठमाडौंका कलेजमा मानासिक स्वास्थ्य सम्बन्धि कार्यक्रम गर्दै ।। काठमाडौंः काठमाण्डौंका विभिन्न प्लस टु कलेजहरुमा मानासिक स्वास्थ्य सम्बन्धि जन–चेतनामुलक कार्यक्रम सञ्चालन हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक ब्याग्स अफ होपले आइतबारदेखि काठमाण्डौंका प्लस टु कलेजहरुमा मानासिक स्वास्थ्य सम्बन्धि जन–चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै ब्याग्स अफ होपका अध्यक्ष नितिश जोशीले यस कार्यक्रममार्फत देशको भावी पुस्तालाई मानसिक स्वास्थ्यमा अझै बलियो र अब्बल बनाउने उद्देश्य रहेको बताउनुभयो ।

सुरुवातमा राजधानीका २० भन्दा बढी प्लस टु कलेजहरुमा यो कार्यक्रम सञ्चालन हुने अध्यक्षले जोशीले बताउनुभयो । मुनाल एजुकेशन हवले प्रायोजक गरेको कार्यक्रममा विद्यार्थीको उल्लेख्य सहभागिता रहेने अपेक्षा गरिएको छ । यस कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धि आधुनिक प्रविधिको प्रयोग गरि बिभिन्न चित्रहरु पनि देखाइनेछ ।

सँगै टि.यु. को टिचिङ हस्पटिलमा कार्यरत डा. सुलभ राज उप्रेती को नेतृत्वमा रहेको मानासिक स्वास्थ्य सम्बन्धि अध्ययनरत बिद्यार्थीहरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ । ब्याग्स अफ होप युवाहरु द्वारा संचालित सामाजिक संस्था हो । यस संस्थाले सामाजिक क्षेत्रहरुमा विभिन्न समाज रुपान्तरणका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.