प्रधानमन्त्रीलाई भेट्न मृतकका परिवार बालुवाटार पुगे

काठमाडौं- शुक्रबार ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा ज्यान गुमाएका परिवार बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रदर्शनमा मारिएका दुई युवाका परिवार बालुवाटार पुगेका हुन् । आन्दोलनमा दैलेखका २१ वर्षीय सुजन र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.