काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठकमा तीन बुँदे धारणा राखेका छन् । उनले सभापित शेरबहादुर देउवालाई गठबन्धन बैठक भनेर पार्टीमा संवाद नगरी आफ्नो व्यक्तिगत धाराणा राख्ने अनि पार्टीको निर्णय भन्ने परिपाटीमा गलत भएको र त्यस्तो धारणा पार्टीकाे हुन नसक्ने बताएका छन् । उनले त्यस्ता निर्णयकाे बाेझ पार्टीले नबाेक्ने थापाले बताए ।
शनिबार बैठकमा आफ्नो भनाइ राख्ने क्रममा थापाले यस्तो बताए । त्यस्तै, उनले गठबन्धन सरकारमा पार्टीबाट सहभागी मन्त्रीहरुले जनताको जीवनमा सकारात्मक परिवर्तन आउने काम गरेको सूची दिन भनेका छन् । उनले ८ महिनामा ८ वटा त्यस्ता सूची नभएको उनको भनाइ छ ।
२. सरकारमा काङ्ग्रेस सहभागी भएको ८ महिना भयो, काङ्ग्रेसका प्रत्येक मन्त्रीले ८ महिनामा गरेको एस्तो ८ वटा कामको सूची दिनुस् जसको कारणले नागरिकको जविनमा सकारात्मक परिवर्तन आयो र ती काम तपाईं नभएको भए हुँदैन थियो । अनि तपाईंको ती कामको प्रचार काङ्ग्रेसका तमाम सदस्यले गर्ने छन् ।
३. गठबन्धन बैठक भन्ने अनि पार्टी भित्र सरसल्लाह सम्बाद समझदारी नगरी पार्टीको धारणा भनेर निर्णय गर्ने, त्यस्तो निर्णयको भारी निर्णय गर्ने एक्लैले बोक्नु पर्छ ।