बालकुमारी घटनामा सुरक्षा कमजोरी रह्यो : गृहमन्त्री श्रेष्ठ

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको बालकुमारी घटनामा सुरक्षा कमजोरी भएको स्वीकार गरेका छन् । यसमा ईपीएस कार्यालय प्रमुखको भूमिका पनि सकारात्मक नभएको उनको भनाइ छ ।

संसदीय समितिको बैठकमा घटनाबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले फिल्डमा खटिएका प्रहरीको कमाण्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय प्रमुखको भूमिकामा त्रुटि भएको आफूहरुको प्रारम्भिक बुझाइ रहेको बताए ।

इपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक देखिएन, रियाक्टिभ देखियो,’ उनले भने । त्यही भएर श्रम मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाइसकेको जानकारी मन्त्री श्रेष्ठले बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारीले कुनै पनि हालतमा गोली नचलाउनू भनेर आदेश दिँदादिँदै गोली चलेको रिपोर्ट आफूसँग रहेको मन्त्री श्रेष्ठले बताए ।

आफूहरुको प्रारम्भिक बुझाइ सुरक्षा कमजोरी भएको भन्दै मन्त्री श्रेष्ठले वास्तविक अवस्था पत्ता लगाउन जाँचबुझ आयोग गठन गरिएको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.