प्रचण्डको नेतृत्वमा होइन अब कांग्रेसको सरकार बन्नुपर्छ :  शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेशका नेता डा. शेखर कोइरालाले यो प्रचण्ड सरकार परिर्वतन गरि कांगेश नेतृत्वको सरकार आउन आवश्यक रहेको बताए। कोइरालाले अहिलेको अवस्थामा पार्टी चले अस्तित्व संकटमा पर्नसक्ने बताएका छन ।प्रजातान्त्रिक सेनानी संघको कार्यक्रमलाई सम्बोधन गर्दै सबै मिलेर पार्टी चलाउनुपर्ने बताए ।

उनले भने, ‘अहिले हामी हाम्रो अस्तित्व त गुमाउँदै छैनौं भन्ने डर छ । बीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्नुहुन्थ्यो । त्यो तीवटा कुरालाई लिएर कांग्रेस अघि बढ्यो भने समाप्त हुँदैन । तर, अहिले हामी जसरी जाँदैछौं केन्द्रीय समिति भनौं या वडा समिति तपाईंहरू कसरी लिनुहुन्छ थाहा छैन म चाहिँ भद्दा कमिटी भन्छु ।’

उनले युवाहरूमा बढ्दो महत्वाकांक्षा भएको भन्दै राजनीति गर्नेहरूसँग संस्कार र नैतिकता नभएकाले अहिलेको अवस्था आएको बताए ।
शेखरले भने, ‘देश र कांग्रेस दुवैलाई सपार्न सकिन्छ । त्यसका लागि हामीले व्यक्तिवादी चरित्र छाड्न जरुरी छ । हामी आफैंमा रमाइरहेका छौं । हामीहरूको सर्वेसर्वा त सभापति शेरबहादुर देउवा हो । हामी उहाँकै इसारमा हिँड्ने हो । तर, उहाँ कसको इसारमा हिँड्ने हुर्नुहोस् त ?’
कांग्रेसलाई पहिलेकै अवस्थामा फर्काएर केन्द्रदेखि वडासम्म एक्लै चुनाव लडे कांग्रेसको भविष्य रहेको बताए । उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने बताए । उनले भने, ‘निर्वाचनअघि गठबन्धन हुने भए लोकतान्त्रिक शक्तिहरूसँग मात्रै हुन्छ । कम्युनिष्टहरूसँग हुँदैन । चुनावपछि जरुरत पर्छ जाऔं ।’

Leave A Reply

Your email address will not be published.