गठबन्धन बैठक जारी : चित्रबहादुर, महन्थ र सिके निस्किए

काठमाडौं  – राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल गर्न बालुवाटारमा जारी गठबन्धनको बैठकबाट तीन नेता निस्किएका छन् ।

करिब ४ घण्टादेखि बालुवाटारमा बैठक जारी छ । बैठकबाट चित्रबहादुर केसी, सीके राउत र महन्थ ठाकुर निस्किएका हुन् ।

यो बैठकबाट दलले कति सिट पाउने भन्ने टुङ्गो लाग्ने बताइएको छ ।बिहान बसेको गठबन्धनको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न नसकिने निष्कर्ष निकालेको थियो ।

Leave A Reply

Your email address will not be published.