प्रहरीकाे गाेली लागेर मृत्युु भएका युवा  जयशंकरकाे शव घटनास्थलमै

काठमाडौं- सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय युवक जयशंकर साहको शव अझै पनि घटनास्थलबाट उठाइएको छैन ।

आन्दोलनकारी र प्रशासनबीच सहमति हुन नसक्दा शव घटनास्थलमै रहेको हो ।

बरहथवा-६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय जयशंकरको मृत्यु भएको थियो ।

शनिबार नै गृहमन्त्रालयले घटना छानविनका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो भने मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो ।

शव व्यवस्थापनका विषयमा शनिबार साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवामा पीडित र प्रहरी प्रशासनका प्रतिनिधिबीच छलफल पनि भएको थियो ।

प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहित जिल्लाका सुरक्षा अधिकारी समेतको सहभागितामा भएको छलफल विना निष्कर्ष सकिएको थियो ।आज बिहान पुनः आन्दोलनरत पक्ष, मृतक परिवारका सदस्यसहित इलाका प्रशासन कार्यालय बरहथवामा छलफल हुन लागेको जिल्ला प्रही कार्यालय सर्लाहीका प्रमुख (एसपी) प्रविण धितालले बताए ।

Leave A Reply

Your email address will not be published.