काठमाडौं- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएको छ । राष्ट्रियसभाको सीट भागबन्डामा असन्तुष्ट माधव नेपालले सचिवालय बैठक छलफल थालेका हुन् ।
बैठक गठबन्धनमा सीट भागबन्डामा भएको असन्तुष्टि, उम्मेदवार चयनलगायतको विषयमा छलफल भइरहेको जनाइएको छ । नेकपा एसले तीन सीटमा दाबी गरेपनि बालुवाटार बैठकमा दुईमात्रै छुट्याएपछि अध्यक्ष माधव नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल बाहिरिका थिए । उनीहरूले तीन सीटसहित राष्ट्रियसभाको अध्यक्षसमेत दाबी गर्दै आएका छन् ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने राष्ट्रियसभाको १९ सीटमा कांग्रेसलाई १०, माओवादीलाई ६, नेकपा एसलाई २ र जसपालाई १ सीट दिने सहमति बनेको बताएका छन् । यो सहमतिपछि गठबन्धनमा आबद्ध सबै दलहरु आन्तरिक छलफलमा छन् ।