राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरी गर्न सकिने

काठमाडौं- राष्ट्रियसभाका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुविरुद्ध आज उजुरी हाल्न सकिने भएको छ । निर्वाचन आयोगले आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको जनाएको छ । १९ सीटका लागि माघ ११ गते हुने निर्वाचनका लागि ५२ उम्मेदवारी परेको छ । आज परेका उजुरीविरद्ध बिहीबारसम्म जाँचबुझ गरी नामावली प्रकाशन हनेछ । यस्तै पुस २७ गतेसम्म नाम फिर्ता लिने समय तोकिएको छ ।

Leave A Reply

Your email address will not be published.