हारेकालाई राष्ट्रियसभामा ल्याउने कुरा व्यवस्थामाथिकै गम्भीर प्रहार : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा पराजित भएकाहरूलाई राष्ट्रियसभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभादेखि पालिकाको चुनावसम्म हारेकालाई राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बनाइएको विषयमा संसदीय समितिमा उनले टिप्पणी गरेका हुन् । यो विषयले राजनीतिक व्यवस्थामाथि नै ठूलो ढुंगा प्रहार भएको रविको जिकिर छ ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलमा उनले राष्ट्रका लागि भन्दा पनि राजनीतिक पार्टीका लागि काम गर्ने मान्छेलाई राष्ट्रियसभामा छान्ने कुरा रोक्नुपर्ने बताए ।

यो राजनीतिक प्रणालीमाथिको गम्भीर प्रहार भएको उनको दाबी छ । राज्यका सबै जिम्मेवार निकायमा मेरिटबेस (योग्यता) को आधारमा चयन उनको प्रस्ताव छ । ‘तपाईँहरूले मुटुमाथि ढुंगा राखेर पार्टीको निर्णय मान्नुपर्ने अवस्था आएको छ नि । त्यसैगरी तपाईँको मुटुमा अर्को ढुंगा बस्छ । फेरि अर्को ढुंगा राखेर तपाईहरु हाँस्नुपर्ने अवस्था आउँछ । मलाई विश्वास छ(यहाँहरुको पुस्ताले लडेर हाम्रो पुस्ताले त्यो सौभाग्य प्राप्त गर्न सकेन व्यवस्था परिवर्तनका लागि । गोली थाप्ने, छाती थाप्न अगाडि बढन पाएन ।

मौका परे हामी पनि चुक्दैनौं । त्यसका लागि हामी पनि गोली थाप्छौं । तर, त्यसरी गोली थापेर ल्याएको व्यवस्थामा यत्रो उपहास भइरहँदाखेर व्यवस्थामाथि यत्रो आक्रमण भइरहँदाखेर यहाँहरूले गर्ने प्रतिवाद खोई त ?

Leave A Reply

Your email address will not be published.