राष्ट्रिय सभा चुनावका लागि सत्ता गठबन्धनले बनायो समन्वय समिति

काठमाडौं- सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा समन्वय गर्न समिति बनाएको छ ।

मंगलबार साँझ बसेको गठबन्धन बैठकले नेपाली कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाका मनिष सुमन रहेको समन्वय समिति बनाएको हो ।

यो समितिले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जनै उम्मेदवारलाई विजयी गराउन समन्वय गर्छ’ जसपा प्रवक्ता सुमनले भने ।

उनका अनुसार समितिको पहिलो बैठक भोलि बुधबार २ बजे सिंहदरबारमा बोलाइएको छ ।

Leave A Reply

Your email address will not be published.