सन्दीपमाथि अदालतले आज सजायँ तोक्दै

काठमाडौं – बलात्कार मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ ।

 

पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेको सजाय तोक्न आज पेसी तोकिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

आजको पेसीबाट लामिछानेको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुने छ ।

Leave A Reply

Your email address will not be published.