कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडाध्यक्ष मृत भेटिए

काठमाडौं- कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडाध्यक्ष मृत फेला परेका छन् । भीमदत्त नगरपालिका(६ का वडाध्यक्ष महेन्द्र खड्का मोटरसाइकलसहित आज बिहान मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले म १ प ४८५२ नम्बरको मोटरसाइकल चढेका खड्का आज बिहान मृत भेटिएको बताए ।

उनकाअनुसार वडाध्यक्ष थापा दुर्घटनाग्रस्त अवस्थामा देखेपछि स्थानीयले बिहान प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.