दार्चुला । दार्चुलाका ८ स्थानीय तह तत्कालका लागी कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन।
९ वटा स्थानीय तह रहेको दार्चुलामा हाल महाकाली नगरपालिका बाहेक अन्य स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित नरहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल प्रर्सन विरेन्द्र राज भट्टले जानकारी दिनुभयो ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भए यता दार्चुलाका ९ वटै स्थानीय तहमा १२ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका १२ सय ४० जना मध्ये हाल जिल्लाको महाकाली नगरपालिकाका १९ जना मात्रै सक्रिय संक्रमित रहेका छन ।
दोस्रो लहरमा संक्रमण पुष्टि भएका १२ सय ४० जना मध्ये ११ जना संक्रमितको कोरोनाका कारण ज्यान गएको उहाँले बताउनुभयो।