एसईई नहटाउन राष्ट्रिय परीक्षा बोर्डको सुझाव

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ। बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको हो।

उहाँले विद्यार्थीहरूको गुणस्तर मापन गर्ने विधि नै परीक्षा भएको भन्दै कक्षा १० मा लिइने परीक्षा हटाएमा विद्यार्थीको गुणस्तर खस्किने बताउनुभयो। उहाँले एसईई हटाउँदा विद्यार्थीहरूले राम्रो गर्छन् भन्नेमा आफूलाई विश्वास नभएको बताए।

अध्यक्ष शर्माले कक्षा ८ पछि एकैपटक १२ कक्षामा परीक्षा लिँदा विद्यार्थीहरूको उत्तीर्ण हुने दर घट्ने बताए उहाँले कक्षा १० मा अनुत्तीर्ण हुने विद्यार्थी पुनः भर्ना भएर पढ्नसक्ने तर कक्षा १२ मा विद्यार्थी अनुत्तीर्ण भए उमेरको कारणले पुनः पढ्न मन नगर्ने मनोवैज्ञानिक पाटोको पनि ख्याल गर्नुपर्ने बताए। उहाँले कक्षा १० मा परीक्षा आवश्यक रहेको बरु कक्षा १० को परीक्षा केन्द्रले नगरीकन प्रदेश तहले गर्नसक्ने उल्लेख गरे।

उहाँले कोभिड–१९ को महामारीपछि कक्षा ११ को परीक्षा पनि सम्बन्धित विद्यालयले नै लिइराखेको उल्लेख गर्दै सो कक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भइराखेको बताउनुभयो। कक्षा ११ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुने तर कक्षा १२ मा आधा विद्यार्थी अनुत्तीर्ण हुने हुँदा विद्यालयले गर्ने मूल्याङ्कनमाथि पनि प्रश्न उठ्ने उहाँको भनाइ छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.