राप्रपाको चियापानमा प्रधानमन्त्री प्रचण्डसहित शीर्षनेता उपस्थित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको चियापान समारोहमा शीर्षनेताहरुको उपस्थिति रहेको छ।

शुक्रबार पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित चयापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा राना, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरुको उपस्थिति थियो।

कार्यक्रममा राप्रपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो। बिहान ११ बजे भृकुटीमण्डपबाट र्‍याली निकालेर सिंहदरबार अगाडिको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेर पुनः भृकुटीमण्डपमा पुगेपछि चियापान कार्यक्रम सुरु भएको थियो।

Leave A Reply

Your email address will not be published.