क्रिकेट विकासका लागि ग्रासरुटमा प्राथमिकता दिनुपर्छ : सचिव पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताएका छन् ।

गैरआवासीय नेपाल संघ (एनआरएनए) ले क्यानका पदाधिकारीलाई सम्मान गरेको अवसरमा पूर्वकप्तानसमेत रहेका पारसले क्रिकेट विकासका लागि ग्रासरुट क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

गैरआवासीय नेपाल संघ (एनआरएनए) ले क्यानका पदाधिकारीलाई सम्मान गरेको अवसरमा पूर्वकप्तानसमेत रहेका पारसले क्रिकेट विकासका लागि ग्रासरुट क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

क्यानले क्रिकेटका संरचनालाई बलियो बनाउने काम गरिरहेको भन्दै उनले नेपाली क्रिकेट अबका दिनमा धेरै नै माथि पुग्ने विश्वास व्यक्त गरे ।नेपालले थोरै लगानीबाट पनि क्रिकेटमा धेरै सफलता पाएको भन्दै उनले विश्वभर बस्ने मानिसलाई खेलसँग जोड्न आवश्यक रहेको औंल्याए ।

अर्का पूर्वकप्तान तथा क्यानका क्रिकेट म्यानेजर विनोद दासले अहिलेसम्म नेपालसँग राम्रो अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान नरहनु दुःखद् पक्ष रहेको बताए ।

सो कार्यक्रममा एनआरएनएले ट्वान्टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरुको सहयोगको लागि क्यानलाई १० लाख रुपैयाँ सहयोग पनि गरेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले ट्वान्टी–२० विश्वकप क्रिकेट २०२४ मा छनोट भएकोमा बधाई दिँदै क्यानका पदाधिकारीलाई सम्मान गरे ।

Leave A Reply

Your email address will not be published.