नेपालीलाई फर्काउन रुसले मान्दिहाल्ने स्थिति छैन : प्रधानमन्त्री प्रचण्ड

खाेप
HEALTH

 काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउने पहल भइराखे पनि सरकारले भन्दावित्तिकै रुसले मान्ने स्थिति नरहेको बताएका छन् ।

Susite

युगाण्डाबाट आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

आत्महत्या

रुसी सेनामा भर्ती भएकाहरुलाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

आफूले र परराष्ट्र मन्त्रीले कूटनीतिक पहल जारी राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘रुस-युक्रेन युद्धमा छन् । अहिले सरकारले भन्दावित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन ।’

आफूले युगाण्डा भ्रमणको क्रममा पनि रुसको उपविदेशमन्त्रीलाई भटेर नेपालीहरुलाई स्वदेश फर्काइदिन भनेको जानकारी प्रधानमन्त्री प्रचण्डले गराए ।उनले अवैध तरिकारले विदेशी सेनामा भर्ती हुनु हुँदैन भनेर जनचेतना फैलाउन मिडियाहरुलाई आह्वान पनि गरे ।

‘मिडियाहरुले जनतामा चेतना फैलाउन पर्यो । जहाँ पायो त्यहीँ सेनामा भर्ना हुने, अझ बाटो छलेर जाने गर्न भएन भनेर जनचेतना फैलाउन पर्यो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

खाेप
LAGU AAUSHAD
KHOP
Leave A Reply

Your email address will not be published.