उत्तर कोरियाले ह्वासङ– ८ मिसाइल परीक्षण गर्‍यो

दार्चुला– उत्तर कोरियाले आफूले हाइपरसोनिक मिसाइलको परीक्षण गरेको बताएको छ । उत्तर कोरियाको सरकारी मिडियाले ह्वासङ– ८नामको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको दाबी गरेको हो ।
विगत पाँच वर्षमा गरिएको हतियार परीक्षणमा यो निकै महत्वपूर्ण भएको दाबी पनि उत्तर कोरियाले गरेको छ । गएको जनवरीमा नै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले हाइपरसोनिक मिसाइलका लागि वैज्ञानिकहरुले काम गरिरहेको जनाउ दिनुभएको थियो । उत्तर कोरियाले हिजो विहान जापानको समुद्रमा मिसाइल प्रक्षेपण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.