विष्णुसँग ब्रेकअप भएपछि एलिनाले भनिन्– अब म त्यो प्रेम सम्झन चाहन्नँ

Krishna

काठमाडौँ – गायिका एलिना चौहान प्रेम सम्बन्धमा रहेको चर्चा सेलाउन नपाउँदै ब्रेकअपको खबर बाहिरिएको छ । अष्ट्रेलियामा बस्ने विष्णु सापकोटासँग प्रेममा रहेकी उनको ब्रेकअप भएको हो । गायिका एलिनाले विष्णुसँगको प्रेममा ब्रेकअप भएको पुष्टि गरेकी छन् ।

‘विष्णुसँग मेरो केही अगाडि नै ब्रेकअफ भएको हो’, एलिनाले भनिन् ‘यो बिषय बाहिर आएको थिएन ।’ आफूले विष्णुलाई भुलेर अगाडि बढिसकेको समेत उनको भनाइ छ । ‘ब्रेकअपपछि म केही समय तनावमा थिएँ । त्यसबाट पनि अहिले राहत पाइसकेकी छु’, उनले भनिन्, ‘अब म त्यो प्रेम सम्झन चाहन्नँ ।’

करिब एक बर्ष अगाडि तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा एलिनाले विष्णुलाई भेटेकी थिइन् । त्यसको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा आएको थियो । दुबैले प्रेम खुलारुपमा स्वीकार गर्दै विभिन्न भिडियो समेत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । एलिना र विष्णुको विवाहको कुरो समेत बाहिर आइसकेको अवस्थामा एकाएक ब्रेकअपको भएको हो ।

Leave A Reply

Your email address will not be published.