दार्चुला- दार्चुलामा भीरबाट लडेर एक महिलाकाे मृत्युु भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर शैल्यशिखर नगरपालिका-८ झरकाडाका ५० वर्षिया अम्बिका जाेशीकाे मृत्यु भएको हाे ।
बुधवार दिउँसो घाँस काट्न गएका जाेशीकाे भीरबाट लडेर मृत्युु भएको स्थानीय दिवाकर जाेशीले जानकारी दिए ।
मृतक जाेशीका श्रीमान, २ छाेरा र एक छाेरी रहेको पारिवारिक स्रोतले बताएको छ। दार्चुलाको ग्रामीण क्षेत्रमा घाँस काट्ने क्रममा वर्षेनी महिलाहरुको अकालमै ज्यान जाने गरेको छ ।