मधेशमा जन्मकैद सजाय पाएका सांसद अभिराम शर्माबाहेक सबैले गरे मतदान

Krishna

काठमाडौं- सशस्त्र प्रहरी बलका असई थमन बिक हत्या प्रकरणमा जन्मकैदको सजाय सुनाइएका लोसपा संसदीय दलका नेता अभिराम शर्मा राष्ट्रिय सभा निर्वाचनमा सहभागी भएनन् । महोत्तरी जिल्ला अदालतले गत महिना उनलाई जन्मकैदको सजाय सुनाएको थियो ।

लोसपा प्रदेश सांसद उपेन्द्र महतोले शर्मा बिरामी रहेकाले उनी मतदानमा सहभागी नभएको बताए ।

मधेश प्रदेशमा स्थानीय तहका पालिका प्रमुख र उपप्रमुखको सतप्रतिशत मतदान भएको छ । २६७ पालिका प्रमुख उपप्रमुख छन् । उनीहरुले सबै मतदान गरेका छन् । प्रदेशसभाका १०७ सदस्यमध्ये १०६ जनाले मतदान गरेका निर्वाचन अधिकृत नवीन चौधरीले जानकारी दिए ।

मधेशमा अन्य र महिला तर्फ रिक्त हुने दुई राष्ट्रिय सभा सदस्यको लागि बिहीबार मतदान भएको हो ।जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान भएको हो ।

Leave A Reply

Your email address will not be published.