दार्चुलाको दुहुगाउँपालिकामा एक पुरुष मृत फेला

Krishna

दार्चुला- दार्चुलाको दुहु गाउँपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दुहु गाउँपालिका–३ सेरपाटा स्थित सडक खण्डाबाट करिब पाँच मिटर तल सोहि पालिकाको–४ फाराका ७२ वर्षीय दौलतसिंह कुँवर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले मालिकार्जुन खबरलाई जानकारी दिए । घटना बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.