असहाय छात्रावासका बालबालिकालाई न्यानो लुगा र खाद्यान्न वितरण

दार्चुला : महेन्द्र नमुना मावि खलंगाका असहाय छात्रावासका बालबालिकालाई न्यायो लुगा र खाद्यान्न वितरण गरिएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा दार्चुला भन्सार कार्यालयले असहाय बालबालिकाहरुलाई न्यानो लुगाका साथै खाद्यान्न वितरण गरेको हो ।

महाकाली नगरपालिका–५ गल्फैस्थित छात्रावासका २० विद्यार्थी बालबालिकालाई एक कार्यक्रमका बीच न्यानो लुगा (हुडी ज्याकेट र ट्रयाक सेट पाइन्ट) र खाद्यान्नका साथै फलफूल वितरण गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिए ।

बालबालिकालाई चिसो मौसम सुहाउँदो हुडी ज्याकेट २० थान र ट्रयाक सेट पाइन्ट २० थान तथा खाद्यान्नमा जीरा मसिनो चामल ५० किलोग्राम, मसुरो दाल ४ किलोग्राम, मास दाल ३ किलोग्राम, आलु १० किलोग्राम, प्याज ५ किलोग्राम, टमाटर ५ किलोग्राम, टमाटर ५ किलोग्राम, अम्बे सूर्यमुखी तेल ५ लिटर, काउली ५ किलोग्राम, नून ५ किलोग्राम वितरण गरिएको उनले बताए। यस्तै फलफूलमा स्याउ, अंगुर र सुन्तला वितरण गरिएको छ ।

असहाय बालबालिकालाई चिसो मौसममा लगाउने लुगा सहयोग गरेकोमा महेन्द्र नमुना माविका प्रधानाध्यापक रामदत्त जोशीले भन्सार कार्यालयलाई धन्यवाद दिए । यस क्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका साथै सुरक्षा निकायका प्रमुखहरुले छात्रावासको अनुगमन समेत गरेका छन् ।

यसैबीच जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका विरामी र कुरुवासमेतलाई फलफूल वितरण गरिएको भन्सार कार्यालय प्रमुख प्रसादले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक डम्बर बहादुर विष्ट, गुरु गोरख गुल्मका गुल्मपति, सेनानी बुद्ध देवकोटा, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंह, अनुसन्धान कार्यालय दार्चुलाका प्रमुख भगेन्द्र बहादुर चन्द, भन्सार कार्यालयका प्रमुख शिव चन्द्र प्रसादसहित अन्य कर्मचारीहरु, महेन्द्र नमुना मावि खलंगाका प्रधानाध्यापक रामदत्त जोशी, जिल्ला अस्पतालका निमित्त मेसु डाक्टर संजिव श्रेष्ठ, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । दार्चुला भन्सार कार्यालयले अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विविध कार्यक्रम गरि दिवस मनाइरहेको छ ।

Leave A Reply

Your email address will not be published.