काठमाडौं- नेपालका कप्तान देव खनाल र आकाश त्रिपाठीले आइसीसी यू-१९ विश्वकपमा अफगानिस्तानविरुद्ध टोलीको इनिङ सम्हाल्लेका छन् ।
जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा ३ विकेट गुमाउँदै ६२ रन बनाएको छ ।
देव खनाल ४२ बलमा ४ चौकासहित २९ तथा आकाश त्रिपाठी २८ बलमा १ चौकासहित ११ रनमा नट आउट छन् । चौथो विकेटका लागि देव र आकाशले ३८ रनको साझेदारी गरेका छन् ।
नेपालको सुरुवात भने राम्रो हुन सकेन । तीव्र गतिका बलर फरिदुनले पाँचौं ओभरको दोस्रो अर्जुन कुमाललाई १० रनमा बोल्ड आउट गरेका थिए । खलिल अहमदको बलमा गुलशन झा १२ बलमा १ रन बनाउँदै बोल्ड हुन पुगे ।
नवौं ओभरको पहिलो बलमा खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरेपपछि नेपाल ८.१ ओभरमा २४–३ को अवस्थामा पुगेको थियो । आकाश त्रिपाठी देव खनाल नेपाल भर्सेस अफगानिस्तान