देशका विभिन्न ठाउँमा बर्षा शुरु

काठमाडौं- हाल देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको बताएको छ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरू, कर्णाली प्रदेशको थोरै स्थानहरू र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा भैरहेको छ। वर्षासँगै यी प्रदेशमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने देशका मध्य तथा पुर्वी तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

Leave A Reply

Your email address will not be published.