पेट्रोलियम पदार्थ को मुल्य बढ्यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

बुधबार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर चार, डिजेल–मट्टितेलमा दुई र एलपी ग्यासमा १५ रूपैयाँ बढाइएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

अब काठमाडौंमा प्रतिलिटर पेट्रोलको मूल्य १७०, डिजेल, मट्टितेलको मूल्य १५८ र खाना पकाउने एलपी ग्यासको मूल्य एक हजार ९१० रुपैयाँ कायम भएको छ ।

Leave A Reply

Your email address will not be published.