दाङमा खाना पकाउने क्रममा जलेर महिलाको मृत्यु

Krishna

काठमाडौं-  खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर दाङको तुलसीपुरमा एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चौधरीको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिएका छन् ।

बिहीवार साँझ पौने ८ बजेतिर चौधरीले घरमा दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो सल्किएको प्रहरीले बताएको छ ।

घरमा कोही नभएको समयमा घटना भएको स्थानीयले खवर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा चौधरीलाई मृत अवस्थामा फेला पारेको थियो।

Leave A Reply

Your email address will not be published.