अरुण चौधरी र अजितनारायणसिंह थापालाई ग्रान्डी अस्पतालमा सारियो

काठमाडौं- सरकारी जग्गा व्यक्तीको नाममा ल्याइएको प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र बाँसबारी जुत्ता कारखानाका तत्कालिन प्रमुख अजित नारायणसिंह थापालाई ग्रान्डी अस्पताल सारिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) स्रोतका अनुसार शुक्रबार उनीहरुलाई चिरायुबाट ग्रान्डी अस्पताल लगिएको हो। चिरायुले रिफर गरेपछि ग्रान्डी लगिएको सीआईबी स्रोतले बतायो।

त्यसअघि बिहीबार उनिहरुलाई चिरायु भर्ना गरिएको थियो। काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि ४ दिनको म्याद दिएपछि थापा र चौधरीलाई अस्पताल पुर्यालइएको थियो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.