मिस कोशीको उपाधि प्रशिकाले चुमिन् 

दार्चुला-छैटौं संस्करणको मिस कोशीको उपाधि भोजपुरकी प्रशिका श्रेष्ठले जितेकी छिन्।

सुनसरीको इटहरीमा सम्पन्न भएको मिस कोशीको फाइनलमा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशिकाले मिस कोशीको ताज जितेकी हुन्। उनले उपाधिसँगै स्कुटी र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्।

जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिताको अर्गनाइजेसन च्वाइस विजेतामा झापाको चारआलीकी पेरिसा बुढाथोकी घोषित भइन्। प्रतियोगिताको फस्ट रनरअप विराटनगरकी आयुषा आचार्य, सेकेण्ड रनरअप मोरङको बेलबारीकी प्रतीक्षा कार्की र थर्ड रनरअप विराटनगरकी अनुपा विष्ट घोषित भएका छन्।

प्रतियोगितामा मिस ट्यालेन्डको एवार्ड आयुषा आचार्य, मिस डिसिपिलेनमा पूर्णिमा देवी घिमिरे, मिस फोटोजेनिक एवार्डको उपाधि आकृति गिरीले जितिन्। यस्तै‚ मिस फ्रेण्डसिप एन्जिला पन्त, मिस क्याटवक रीजा तामाङ, मिस ब्युटी विद ब्रेन आयुषा आचार्य घोषित भइन् भने मिस पब्लिक च्वाइसको एवार्ड पेरिशा बुढाथोकीले जितिन्।

यस्तै‚ मिस मल्टिमिडिया प्रतिक्षा कार्की, मिस पपुलर दीपा साह, मिस स्मायल प्रशिका श्रेष्ठ, मिस कन्फिडेन्ट प्रकृति फुयल, मिस ब्युटिफुल सन्तोषीमाया लिम्बु घोषित भएका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.