कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक सबैकाे पहिचान खुल्याे

काठमाडौं- कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ ।

मृत्यक मध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी ,सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भइसकेको छ ।

त्यस्तै भिमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी,भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी,भिमदत्त नगरपालिका १६ कन्चनपुर वर्षीय सन्जु थापा, पुनरवास नगरपालिका निवासी किसन भट्टको दुर्घटना स्थलमै मृत्यु भएको छ ।

त्यस्तै भिमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती,भिमदत्त नगरपालिका २ बस्ने सुदिप भट्ट र पुनरवास नगरपालिका ९ बिसफाटा बस्नेविमला देवि भट्टको पहिचान खुलेको छ ।

राती १ बजे महेन्द्रनगर बाट काठमाडौ सुनौलो महाकाली यातायात दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सुनौलो महाकाली यातायातले संचालन गरेको सु- प – प्र-०२-००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो ।

दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ । अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी नायवउपरीक्षक हरि वलीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.