नक्कली मोही खडा गरेर बालुवाटारको जग्गा हिनामिना गरेकोमा दिप बस्न्यात र छविराज पन्त दोषी ठहर
काठमाडौं– बालुवाटारस्थित सरकारी निवासको जग्गा र अन्य जग्गा साटफेर तथा निवास विस्तार क्षेत्रको जग्गाका सन्दर्भमा नक्कली मोही खडा गरेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातसहित दोषी ठहर भएका छन् ।
विशेष अदालतबाट त्यस्तै पूर्व मन्त्री तथा तत्कालीन भौतिक पुर्वाधार मन्त्रालयका सचिव छविराज पन्त पनि दोषी ठहर भएका हुन् ।