त्रिभुवन विमानस्थलबाट झण्डै एक किलाे सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। अर्ध ठोस बनाएर ल्याइएको अवस्थामा उक्त सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफर रहेका छन्। उनी फ्लाई दुबईको विमानबाट सोमबार राती काठमाडौं ओर्लिएका थिए। आगमन टनेल गेटमा जाँच गर्नेक्रममा गफरसँग उक्त सुन रहेको पत्ता लागेको थियो। प्रहरीले थप अनुसन्धानका लागि उनलाई भन्सार कार्यालयको जिम्मा लगाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.