सेती नदीमा बेपत्ता भएका एक जनाको शव निकालियो

काठमाडौं– पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव निकालिएको छ । एक जना भने अझै बेपत्ता छन् ।

माछा मार्न गएका पाँच जनामध्ये सोही महानगरपालिका–१ कसेरी बस्ने ४० वर्षका मंगा तामाङ्गको शव नं। २४ कालिका गण कास्कीको गोताखोर र विपद् उद्धार टिमसहितको फौजले आइतबार राति निकालेको हो ।उनको शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

सोही ठाउँ बस्ने ४३ वर्षीय रक्सेस तामाङ्गको गोताखोर र विपद् उद्धार टिमले खोजी कार्य जारी राखेको छ । माछा मार्न गएका अन्य तीन जना भने सकुशल छन् ।

Leave A Reply

Your email address will not be published.