नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौं–त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ। कप्तान रोहितकुमार पौडेलले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा जान फ्रिलिंकलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराए ।

१०.४ ओभरमा आउट हुनुअघि फ्रिलिंकले ७ बलमा मात्र ५ रन बनाए । उनी आउट हुँदा नामिबिया ६२ रनको स्थितिमा छ ।

यो रोहितको दोस्रो सफलता हो । यसअघि उनले ८.२ ओभरमा जेपी कोट्जेलाई विवेक यादवको हातबाट क्याच आउट गराएका थिए । यसअघि करण केसीले माइकल भान लिंगेनलाई २० रनमा आउट गरेका थिए ।

Leave A Reply

Your email address will not be published.