नेदरल्याण्ड्सविरुद्ध नेपालले गुमायो पहिलो विकेट

काठमाडौं– कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन् ।

दुई छक्का सहित २० रन बनाएका भुर्तेललाई नेदरल्याण्ड्सका भ्यान डेरले चौथो ओभरको तेस्रो बलमा बोल्ड गरे । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ४ ओभरमा १ विकेट गुमाउँदै २५ रन बनाएको छ ।

Leave A Reply

Your email address will not be published.