रास्वपाका तीन मन्त्रीको लाग्यो टुंगो: गृहमा रवि, शिक्षामा सुमना

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने तीन मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् ।
आज बसेको कार्यदलको बैठकले रास्वपालाई गृहसहित श्रम र शिक्षा मन्त्रालय दिने टुंग्याएको स्रोतले बतायो ।

जसअनुसार डीपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् भने शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ । अर्यालले मन्त्रीको सपथ ग्रहण गरिसकेका छन् । एक वर्षअघि पनि उनी श्रममन्त्री बनेका थिए । तर, छोटै समयमा बाहिरनु परेको थियो । रास्वपाले ४ मन्त्रालयमा दाबी गरेको थियो । तर, नेकपा एसलाई पनि समेट्नुपर्ने भएकाले अहिले ३ मन्त्रालय पाएको हो ।

Leave A Reply

Your email address will not be published.