काठमाडौं– राप्रपाले कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि भएको आक्रमण आपराधिक घटना भएको बताएको छ ।साथै यसमा संलग्नलाई कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय, धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकबाट निस्किने क्रममा श्रेष्ठमाथि कुटपिट भएको थियो । राप्रपा अध्यक्ष लिङ्देनका अनुसार पार्टीले यसलाई आपराधिक घटना भएको निष्कर्ष निकालेको छ । उाले भने, ‘यसमा अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय भएको छ ।’ यो घटनाको पार्टी बैठकमा भएको छलफलसँग कुनै सम्बन्ध नभएको समेत उनले दाबी गरे ।