दार्चुला– नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजारमा झरेको छ । आज नौ सय ११ जना सङ्क्रमणमुक्त भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार नौ सय ४२ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म सात लाख ७३ हजार एक सय ४० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा आठ सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार ६ सय ७२ जनाको नमुना परीक्षण गर्दा आठ सय पाँच जना अर्थात् सात दशमलव ५४ प्रतिशतमा सङ्क्रमण देखिएको हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ९३ हजार ७२ पुगेको छ ।
यही अवधिमा थप आठ जना सङ्क्रमितको ज्यान गएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय पुगेको छ ।
अहिले तीन सय २९ जनाको आईसीयू र एक सय १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।